अलिकति मात्र
मेरो नामवाट नै थाहा पाउनु भै हाल्यो गन्जागोल । यत्रो जीबन गन्जागोलमा नै बितिसकेपनि अब मैले योरै आफ्नो फुरसदको समय लाईपनि गन्जागोलमा नै बिताउने तिर्णयले यो ब्लगको शुरुवात गरे । नामको अन्तमा रहेको मात्र दुइ बटा अक्षरहरुको मात्र साहरा लिएर ब्याख्या गर्ने हो भने त जीबनमा किन यसरी बस्नु पर्दथ्थो र – गोल गरिसकेपछि यसैपनि जितिइहालीयो । तर ठीक त्यसको बिपरीत भइदियो ।
म जे कुरा चाहन्छु त्यो कहिल्यै पनि पुग्दैन । भनेक सुन्दछु धेरै मानिसहरु आफुले चाहेका कुराहरु गुमाउछन् र कमै ब्यक्तिहरु मात्रले सफलता हात पार्दछन् । मान्छेको जात जति भएपनि नपुग्ने र आफ्नो बल भन्दा ठुलो कार्य गर्नने भएर नै त होला नी आफ्नो हैसियतले धान्ने कुराहरु मात्र गरे त किन यस्तो हुन्थ्थो र – त्यही भएर होला मेरो जीबन पनि यसरी बितेको । आफ्नो एक्लो जीबन भन्यो तर खै के एक्लो भनौ, कसरी एक्लो भनौ सबैको कुराहरु मान्नुनै पर्दछ, बुझ्नुनै पर्ने मनन गर्नु नै परने । अर्ति भनेको घर्तिको पनि मान्नु भन्ने पहिले बाजेहरुको उखान त थाहा छ तरपनि अहिले त माटोमा बिलाईसक्यो । अर्ति माटोमा बिलाए वपि त्यसलाई नै सबैथोका ठानेर अरुहरुको भनाइलाई पच्छाउनु सायद मेरो ठुलो भुल होला त्यसैले मलाई अहिले तनाबमा बाँच्ने बनाइरहेको छ ।
खास म एक्लै बरबर्राई रहेको जस्तो लाग्दछ तर पनि म होसमा नै बरबर्राईरहेको छु भन्ने पनि थाहा छ । कतै मेरो बर्बराइले तपाँइहरुको बिगता भएर भुलिसक्नुभएका कुराहरुको यादले कतै छटपटाउन बनाउने त हैन यदि यस्तो भयोभने म हृदयदेखिबाट नै क्षमा माग्न चाहन्छु । पहिले शुरुमा नै म तपाँइहरुलाई म वाट भगाउन चाहन्न यस्तो सेन्टि कुरा गरेर । यहाँहरुलाई यो पनि बाध्यता होइन की मलाई साथ दिनुपर्दछ भनेर मन लाग्दछ र आफ्नो जीबनको तिता मिठा कुराहरुमा रुमलिन मन लाग्योभने आउनुहोस् स्बागत छ ।